काठमाडौं – यातायात व्यवसायीहरूले १० असोजदेखि दसैंका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने भएका छन् ।

यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, जिल्ला प्रशासन कार्यालयलका प्रतिनिधि र यातयात व्यवसायीहरूबीच शुक्रबार भएको बैठकले उक्त मितिबाट टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो । दसैं मनाउनका लागि काठमाडौं उपत्यकाबाट विभिन्न जिल्ला फर्कनेहरूका लागि टिकट काट्न सजिलोका लागि अग्रिम टिकट बुकिङको व्यवस्था गरिएको हो ।

यसअघि यातायात व्यवस्था विभागले असोज दोस्रो सातादेखि बुकिङ खुला गर्ने प्रस्ताव गरे पनि भाडाको विषयलाई लिएर व्यवसायी असन्तुष्ट देखिँदै आएका छन् ।

हेलो कर्णाली । २ आश्विन २०७८, शनिबार १७:४६