माओवादीले मुख्यमन्त्री कँडेललाई विश्वासको मत दिने, परियार मन्त्री बन्दै

नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलले एमालेबाट मुख्यमन्त्री बनेका यामलाल कँडेललाई विश्वासको मत दिने निर्णय गरेको छ।

बुधबार बसेको संसदीय दलको बैठकले बिहीबार मुख्यमन्त्री कँडेललाई विश्वासको मत दिने निर्णय गरेको हो।

यसअघि नेकपा माओवादी केन्द्रले हुम्लाका रणसिंह परियारलाई मन्त्री बनाउने निर्णय पनि गरेको छ। परियारले विश्वासको मत लिनु अघि नै शपथ ग्रहण गर्ने छन्।

परियारको मन्त्रालयको भने टुङ्गो लागिसकेको छैन। उनलाई तत्कालका लागि बिनाविभागीय मन्त्रीका रूपमा माओवादीले सरकारमा पठाउन लागेको हो।

बाँकी मन्त्रालयको बारेमा विश्वासको मत पाएपछि मात्र मुख्यमन्त्रीले टुङ्गाे लगाउने माओवादी केन्द्रका नेता कृष्ण जिसीले जानकारी दिए।