निर्वाचन आचारसंहिताबारे आयोगमा छलफल

निर्वाचन आचारसंहिताबारे निर्वाचन आयोगमा पार्टी प्रतिनिधि र आयोगका पदाधिकारीबीच छलफल सुरु भएको छ । छलफलमा प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व गर्ने १२ दलका प्रतिनिधि सहभागी रहेको आयोगले जनाएको छ ।

निर्वाचन आचारसंहिता २०७८ लाई केही संशोधन गर्ने आयोगको तयारी छ । त्यसका लागि आयोगले यसअघि राजनीतिक दलहरूलाई आचारसंहिताको ड्राफ्ट अध्ययनका लागि दिएको थियो । सोहीअनुसार आयोगले दलहरूसँग छलफल गरेको हो ।

दलहरूसँगको छलफलपछि आचारसंहिता पारित गर्नुपर्ने प्रावधान छ ।