भरतमणि पौडेलले जिते कमेडी च्याम्पियन २

भरतमणि पौडेलले रियालिटी सो ‘कमेडी च्याम्पियन-२’ को उपाधि जितेका छन्।

विक्की अग्रवाल र सन्तोष थापालाई हराउँदै भरतमणि पौडेलले रियालिटी सो ‘कमेडी च्याम्पियन-२’ को उपाधि जितेका हुन्। उपाधिसँगै पौडेलले कार र २५ लाख नगदसमेत पाएका छन भने दोस्रो हुदै सिक्किमका बिक्की अग्रवालले पुरुष्कार स्वरूप मोटरसाइकल र तेस्रो हुने  सन्तोष थापाले स्कुटर पाएका छन् ।