
नेकपा एमालेले कर्णाली प्रदेशबाट राष्ट्रियसभाको चुनावका लागि तीन जना उम्मेदवार चयन गरेको छ ।
राष्ट्रियसभा चुनावका लागि प्रदेशबाट नौ जनाको नाम केन्द्रमा सिफारिस गरेका मध्येबाट दुई जनामा जुम्लाकी गंगा महत र सुर्खेतका चुडामणि शर्मा त्यस्तै अल्पसंख्यकबाट दैलेखका पदम माझीलाई उम्मेदवार चयन गरिएको एमालेका कर्णाली प्रदेश इन्चार्ज यामलाल कँडेलले बताए ।
तीन राष्ट्रियसभाका सदस्य रहेको कर्णालीमा कालिकोटका जीवन बुढा (माओवादी केन्द्र) रुकुम पश्चिमका ठगेन्द्रप्रकाश पुरी (एकीकृत समाजवादी) र हुम्लाका कविता वोगटी (एमाले)को फागुन १८ पदावधि सकिदैँ छ ।
अन्य राजनीतिक दलहरुले अहिले उम्मेदवारको टुङ्गो लगाउनका सकेका छैनन् ।

हेलो कर्णाली । १९ पुष २०७८, सोमबार १७:०६