काठमाडौंबाट उडेको बुद्ध एयरको जहाज सुर्खेतमा अवतरण गर्न नसकेपछि नेपालगन्ज फर्काइयाे


सुर्खेत जान काठमाडौंबाट बुधबार बिहान उडेको बुद्ध एयरको जहाज त्यहाँ अवतरण हुन नसकेपछि नेपालगन्ज विमानस्थलमा अवतरण गराइएकाे छ।

मौसम खराबीका कारण सुर्खेत विमानस्थलमा अवतरण हुन नसकेपछि नेपालगन्जमा अवतरण गर्नुपरेको सुर्खेत विमानस्थल स्रोतले जनाएको छ।

सुर्खेत पुगिसकेको जहाज बाक्लो बादलका कारण त्यहाँको विमानस्थलमा अवतरण गर्न नसकेपछि नेपालगन्जको विमानस्थलमा अवतरण गराइएको हो। बादल कम भएपछि जहाज पुनः सुर्खेत लगिने विमानस्थल स्रोतले जानकारी दिएको छ।