झापा शिवसताक्षी – ९ का एक कोरोना सङ्क्रमित वृद्ध मृत फेला परेका छन् । आज बिहान ४ः३० बजे ६३ वर्षीय गोविन्द खनाल आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।

६३ वर्षीय गोविन्द खनाललाई घरको निदाल कपडाको डोरी बनाएर झुण्डिएको अवस्थामा परिवारले देखेपछि प्रहरीलाई खबर गरेका थिए । गत शुक्रबार उनलाई सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमणपछि उनी होम आइसोलेशनमा उपचार गरिरहेका थिए।

हेलो कर्णाली । २७ भाद्र २०७८, आईतवार १२:५८