पछिल्लो २४ घण्टामा १०,३१९ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित ८२ हजार नाघे

पछिल्लो २४ घण्टामा १०,३१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै देशभर सक्रिय संक्रमितको संख्या ८२,५५० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २१,२०१ जनामा कोरोना परीक्षण भएको थियो । सोही अवधिमा निको हुनेको संख्या भने २५४० जना रहेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा कोरोनाबाट ४ जनाले ज्यान गुमाएका छन् । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ११,६५९ पुगेको छ ।

हाल कुल संक्रमित भने एन्टिजेन विधिबाट भएको परीक्षणमा ११५,१७८ र पीसीआर विधिबाट भएको परीक्षणमा ९१८,४४८ जना रहेका छन् । संक्रमितमध्ये ८२४,२३९ जना निको भएका छन् ।

यसैबीच पछिल्लो २४ घण्टामा ११९,३७१ जनाले खोप लगाएका छन् ।