निर्जन थापा अभिनित हिन्दी गजल ‘साम से हि दिल’ भोलि देखि बजारमा

चर्चित मोडल तथा म्यानहन्ट इन्टरनेशनल नेपाल २०११ का उपाधी विजेता निर्जन थापा अभिनित गजल ‘साम से हि दिल’ भोलि देखि बजारमा आउने भएको छ ।

सुमन शेखर मानन्धरको स्वर रहेको गजलमा इम्तियाज वफाको शब्द र जनकदीप पराजुलीको निर्देशन रहेको छ ।

‘टि सिरिज रिजनल’ युटुब च्यानल बाट रिलिज गर्न लागिएको उक्त गजलमा अर्जुन तिवारीको छायांकन रहेको छ भने सुनिल थापा,निर्जन थापा र धरना शर्माको अभिनय रहेको छ ।

गजलको भिडियो आकर्षक बनाउन कर्णाली प्रदेशको पर्यटकिय स्थल रारा ताल, चितवनको सौराहा र काठमाडौंका विभिन्न मनोरम दृश्य समेटिएको निर्माण पक्षले जनाएको छ ।

थुप्रै म्युजिक भिडियोहरुमा अभिनय गरिसकेका मोडेल निर्जन थापाले यो भिडियोमा आफु लगायत आफ्नो सम्पूर्ण टीमले शत प्रतिशत दिएको बताउदै दर्शक स्रोताहरुको माया पाउनेमा आशावादी रहेको बताउनु भयो।