
रुकुम (पूर्व) को सिस्ने गाउँपालिका–५ मा खानेपानीको थप आपूर्तिका लागि ठूलो आयोजना निर्माणको प्रक्रिया सुरु भएको छ । उक्त खानेपानी आयोजनाको शुक्रबार सिस्ने –५ का वडाध्यक्ष शान्तेबहादुर विकले शिलान्यास गरे ।
लुम्बिनी प्रदेश सरकारको नौ करोड बजेटमा थाक्नाखोलाको मुहानबाट पानी ल्याइने सो खानेपानी आयोजनामा ७५ हजार लिटर क्षमताका पाँच वटा ट्याङ्की निर्माण गरिने छ ।
वडाका करिब ५०० घरधुरीमा खानेपानीको सहज सुविधा पु-याईने आयोजनाले वडा नम्बर ५ का रुमालबारा, बाहुनठाना र टाकुरामा थप खानेपानीको आपूर्ति हुनेछ।
यो खानेपानी आयोजना पञ्चवर्षीय योजना भएकाले क्रमागतरुपमा पूर्णता पाउने छ ।

हेलो कर्णाली । १८ पुष २०७८, आईतवार १६:३७