चौरजहारी नगरमा मेयर र उपमेयर नयाँ आउनु पर्छ: फेसबुक सर्वेक्षण

लोकप्रिय सामाजिक संजालमा गरिएको एक सर्वेक्षणमा आगामी स्थानीय तहको निर्वाचन मार्फत चौरजहारी नगरपालिकाको प्रमुख र उपप्रमुखमा वर्तमानमा रहेको नेतृत्व भन्दा नयाँ नेतृत्व आउन सक्ने देखिएको छ । उक्त सर्वेक्षणका अनुसार वर्तमान नेतृत्वका पक्षमा एकदम थोरै मात्र समर्थन देखिएको छ भने नयाँ नेतृत्व आउनु पर्छ भन्ने पक्षमा अत्याधिक समर्थन देखिएको छ ।

चौरजहारी नगरपालिकाका स्थायी निवासी, नेकपा माओबादी केन्द्र समर्थक तथा सिर्जनशील युवा लोकेन्द्र परियारले चौरजहारी बाट संचालन हुने ६ हजार भन्दा धेरै सदस्य रहको फेसबुक ग्रुप ‘चौरजहारी मंच’ मार्फत “चौरजहारी नगरपालिकाको प्रमुख र उपप्रमुखको लागि आउदो निर्वाचनमा” शिर्षकमा भिन्न भिन्न ४ विकल्प राखी फेसबुक सर्वेक्षण गरेका थिए । हामीले यो समाचार तयार पार्दा सम्म दुई तिहाई भन्दा धेरैले ” नयाँ आउनु पर्छ ” भन्ने विकल्पमा समर्थन गरेका छन ।

यो समाचार तयार पार्दा सम्म उक्त सर्वेक्षणमा कुल २६३ जनाले आफ्नो मत जाहेर गरेका छन जसमध्य “नयाँ आउनु पर्छ ” भन्ने विकल्पमा २१२ जना ( ८०.६०%), “मेयर र उपमेयर दुवै दोहोरिनु पर्छ” भन्ने विकल्पमा ४१ जना (१५.६०%) यसैगरी मेयर मात्र दोहोरिनु पर्छ र उपमेयर मात्र दोहोरिनु पर्छ भन्ने विकल्पमा समान ५-५ जना (१.९० – १.९० %)ले समर्थन जनाएका छन। उक्त सर्वेक्षणमा ३३ टिप्पणी  पनि रहेका छन। टिप्पणी  गर्ने अधिकांशले पनि आगामी निर्वाचन मार्फत चौरजहारी नगरपालिकामा नयाँ नेतृत्व आउनु पर्ने पक्षमा धारणा व्यक्त गरेका छन। ” फेसबुकको यस्तो सर्वेक्षणको कुनै अर्थ छैन, यो यहि फेसबुकमा मात्र सिमित हुन्छ ” भन्दै एक जना संजाल  प्रयोगकर्ताले गरेको टिप्पणीको जवाफमा अन्य प्रयोगकर्ताले भने फेसबुकमै टिप्पणी लेखेर फेसबुकमा सर्वेक्षण गर्नुको अर्थ छैन भन्नु दोहोरो चरित्र भएको रोचक जवाफ फर्काएका छन।

फाल्गुन १८ देखि सुरु गरिएको सर्वेक्षण आज दशौ दिन सम्म आईपुग्दा वर्तमान नेत्तृत्वका पक्षमा नभई नयाँ नेतृत्व आउनु पर्ने पक्षमा समर्थन  देखिनुले सामाजिक संजालमा सक्रिय चौरजहारीका स्थानीयवासी वर्तमान नेत्तृत्व प्रति सन्तुष्ट हुन नसकेको बुझ्न सकिन्छ। नेकपा माओबादी केन्द्रबाट निर्वाचित वर्तमान नेत्तृत्व प्रति पार्टी भित्रैको एउटा समूहले खास समर्थन नगरेको पनि बुझ्न कठिन छैन । नेत्तृत्वतहमा निर्वाचित भै सकेपछी जनागुनासोका सुनुवाई नहुनु, आसेपासे र चाकडीवाजहरुको सिमित घेरामा रही, जनताप्रति उत्तरदायी नभई स्वेच्छाचारी ढंगले अघि बढ्नु, बजेट विनियोजन र त्यसको सदुपयोग लगायतका तमाम विषय असन्तुष्टिका कारण हुन सक्ने सामजिक संजाल प्रयोगकर्ता रुपेश बिष्ट बताउछन । “त्यहि असुन्तिष्टको जवाफ स्थानीय युवाहरुले फेसबुक सर्वेक्षण बाट दिएका हुन र अवस्था यस्तै रही रहे र उपयुक्त व्यक्तिलाई उमेदवार नबनाए माओबादी केन्द्रलाई आगामी स्थानीय तहको निर्वाचनमा हार बाट कसैले पार लाउन सक्ने छैन” बिष्टले भने ।आशा गरौ यस्ता सर्वेक्षणहरुले सबै पार्टीका नेत्तृत्वतहमा रहनेलाई सच्चिन सहयोग गर्ने छ ।

सम्बन्धित फेसबुक लिंक :

https://www.facebook.com/groups/1376541802551258/permalink/2027525424119556/