मेरो चरित्र हत्या भएको छ, मिडियामा आएका समाचारहरु कपोलकल्पित हुन: समिक्षा अधिकारी

गायिका तथा मोडल समिक्षा अधिकारीले नायक पल शाह सङ्ग आफूलाई जोडेर आएका समाचारहरु कपोलकल्पित भएको बताउदै खण्डन गरेकी छ्न । सामाजिक संजाल फेसबुकमा स्ट्याटस लेख्दै गायिका अधिकारीले नायक पल शाह सङ्गको सम्बन्धलाई तोडमोड गरि आफ्ना बारेमा अफवाह फैलाई चरित्र हत्या गरिएको बताएकी हुन । गलत समाचारले आफू र आफ्नो परिवारलाई चोट परेको भन्दै गायिका अधिकारीले कसैको व्यक्तिगत,पारिवारिक र सामाजिक जीवनमा असर पुग्ने गरि कपोलकल्पित समाचार नलेख्न आग्रह गरेकी छन ।
विगत एक हप्ता देखि नायक पल शाह र गायिका समिक्षा अधिकारीको सम्बन्धलाई लिएर मिडियामा विभिन्न खाले समाचार आएका थिए ।