चौरजहारी कि चेलीको तीज गीत बजारमा

करिब आधा दर्जन गित हरु मा स्वर दिसकेकी रुकुम कि गायिका शुशिला बिष्ट को माईतिको सम्झना सार्बजनिक भएको छ ।

माइतिको सम्झना आयो बरिलै बोल को तिज गित गत हप्ता हरि डि सि को युटुब च्यानल बाट सार्बजनिक गरिएको हो ।

उक्त गित मा गायिका शुशिला बिस्ट को लय शब्द संगीत रहेको छ भने गित को अडियो मिक्सिङ एच बि एन किस्मत ले गरेका छन ।

हरि डि सि को निर्देशन मा बनेको म्युजिक भिडियो मा एउटा चेली तिज को दिन माइती मा जान नपाएर साथी संगी सङ नाच्दै गाउदै रमाइलो गरिरहेको दृश्य हरु हेर्न सकिन्छ ।

वन डिबि एच डि स्टुडियो मा रेकर्ड भएको उक्त गित मा कलाकार नारायणी खत्री र मोहन भन्डारी को नित्य अभिनय रहेको छ ।