गायिका इन्दिरा जोशीले गरिन् इन्गेजमेन्ट

गायिका इन्दिरा जोशीले फेसन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट गरेकी छन्। केही समययता प्रेममा रहेका उनीहरूले खुम्बु पुगेर इन्गेजमेन्ट गरेका हुन्।

इन्दिरा र शरदले औँठी साटेको भिडियो टिकटकमा भाइरल भइरहेको छ।

इन्गेजमेन्ट गरेको भिडियो क्याप्टेन विवेक थापाले आफ्नो टिकटक अकाउन्टमा सार्वजनिक गर्दै ‘दुवै जनालाई उज्वल भविष्यको कामना’ भिडियोको क्याम्पसनमा लेखेका छन्। केहि समय उनिहरु प्रेममा रहेका इन्दिरा र शरद हेलिकप्टरबाट खुम्बु पुगेका थिए।