एन वाई सीद्वारा आयोजित खेलकुद प्रतियोगिता उद्घाटन

नाखिरा युवा क्लबको आयोजनामा रुकुम पश्चिमको चौरजहारी नगरपालिका स्थित वडा न १ को खेल मैदानमा आज देखि सुरु भएको खेलकुद प्रतियोगिताको क्लबका अध्यक्ष तेज बिष्ट (ओके) उद्घाटन गर्नु भएको छ ।  अध्यक्ष बिष्ट ले  एन. वाई. सी. र शी. उ. मा. बि. का बीच भएको मैत्रीपूर्ण फुटबल खेलमा खेलाडीलाई फुटबल हस्तान्तरण गर्दै कार्यक्रमको शुभारम्भ गर्नु भएको थियो ।

विभिन्न ३ बिधाका खेल समावेश गरिएको कार्यक्रममा कुल ४० टीमले सहभागिता जनाउने भएका छन । खुल्ला पुरुष फुटबल  तर्फ १५ टीमले प्रतिस्पर्धा गर्ने छन भने खुल्ला पुरुष भलिवल र खुल्ला पुरुष व्याड्मिन्टन तर्फ क्रमश १८  र १४  टीमले भाग लिने आयोजकले बताएको छ । प्रतियोगितामा फुटबल, भलिबल र व्याड्मिन्टनका विजेता टीमले क्रमश: एक लाख एक हजार एक सय एघार, पच्चिस हजार र पन्ध्र हजार नगद पुरस्कारका सहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन।

विगत लामो समय देखि नाखिरा युवा क्लबले दशै तथा तिहारको अवसरमा विभिन्न बिधाका खेलकुद प्रतियोगिता आयोजना गर्दै आएको भएता पनि गत बर्ष विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण प्रतियोगिता हुन सकेको थिएन । यस बर्ष कोरोना संक्रमण दर कम भएको र धेरैले कोरोना भ्याक्सिन पनि लगाईसकेको हुनाले प्रतियोगिता संचालन गर्न सम्भव भएको क्लबका अध्यक्ष तेज बिष्ट (ओके)ले बताउनु भयो । बिष्टले अगाडि भन्नू भयो ” संक्रमण दर कम भएको भएता पनी हामीले स्वास्थ्य मापदण्ड पालन गरेरै कार्यक्रम संचालन गरेका छौ र दर्शकहरुलाई पनि स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरेका छौ ।”

प्राबिधिक कारणले खेल तालिका भने भोलि  मात्रै प्रकाशन गरिने बताईएको छ । प्रतियोगिता कार्तिक १६ गते सम्म चल्ने आयोजकले बताएको छ।