
नेपाली काङ्ग्रेस चौरजहारीले सभापतिमा प्रेम बहादुर ओली सहित सम्पूर्ण पदाधिकारीको सर्वसम्मत चयन गरेको छ।
प्रथम नगर अधिवेशन बाट सर्वसम्मत चयन हुने उपसभापति सहित अन्य पदाधिकारीको नाम आज एक कार्यक्रमका बिच घोषणा गरिएको हो।सभापति चयनको घोषणा चाहिँ हिजो नै गरि सकिएको थियो ।
हिजो असोज ९ गते आफ्नो प्रथम नगर अधिवेशन सम्पन्न गरेको नेपाली काङ्ग्रेस चौरजहारीले उपसभापतिमा प्रेमलाल आचार्य र गणेश डाङ्गी,सचिवमा लक्ष्मण ओली र कर्णसिङ ओली, सह-सचिवमा गोपाल लामिछाने र प्रेम बोहोरा र कोषाध्यक्षमा बल बहादुर बुढा सर्वसम्मत निर्वाचित गरेको छ । यसै गरि हरेक वडा बाट अनिवार्य रुपमा एक जना महिला प्रतिनिधित्व हुने गरि ३९ सदस्य सर्वसम्मत रुपमा चयन भएको कुरा नेपाली काङ्ग्रेसका युवा नेता सुशील खड्काले जानकारी दिनुभयो। मनोनीत सदस्य सहित नगर कार्य समिती भने ७१ सदस्यीय हुने भएको छ ।
काङ्ग्रेस स्रोतका अनुसार नगर सभापतिका आकाक्षी भद्र बहादुर बिष्टलाई क्षेत्रीय सभापति, तिलक भण्डारी,शिव आचार्य लगायत अन्य असन्तुष्ट पक्षलाई प्रदेश अधिवेशन तथा महाधिवेशन प्रतिनिधिका लागि नेपाली काङ्ग्रेस जिल्ला सभापति प्रेम प्रकाश ओलीले सम्पूर्ण रुपले सहयोग गर्ने प्रतिबद्दता व्यक्त गरे पछि नगर पदाधिकारीमा सहमती भएको हो ।

हेलो कर्णाली । १० आश्विन २०७८, आईतवार २०:१८