नेपाल तरुण दल बाँफिकाेटकाे अध्यक्षमा शाही

नेपाल तरुण दल बाँफिकाेट गाउँपालिका स्तरीय समिति गठन भएको छ । राजु शाहीको अध्यक्षतामा ५१ सदस्यीय  कार्यसमिति रहने गरी समिति गठन गरिएको हो।
नेपाल तरुण दल बाँफिकाेट गाउँपालिका समितिमा आफूलाई  नेतृत्व गर्ने मौका दिएकोमा धन्यबाद व्यक्त गर्दै अध्यक्ष शाहीले तरुण दल बलियो र संगठित बनाउन सिंगो कार्यसमिति लाग्ने बताउनुभयाे ।

कार्यक्रममा प्रमुख अथिति रहेका नेपाली कांग्रेस रुकुम पश्चिमका उपसभापति हर्क सिं खत्रीले गाउँपालिकामा युवाहरुलाई जागरुप बनाउन तरुणको महत्वपुर्ण भूमिका रहेको बताउनुभयाे। उहाँले युवाहरुले सक्रिय हुनुपर्ने र स्थानिय तहमा भएका अनियमितता भष्ट्राचारहरु विरुद्ध खबरदारी गर्नुपर्ने धारणा राख्नुभयाे ।

उहाँले पछिल्लो समय बाँफिकाेट गाउँपालिकामा अनियमितता बढ्दै गएको बताउदै यसमा तरुण युवाहरु चनाखो भएर लाग्नुपर्ने र यस्ता गतिविधी विरुद्ध खरो ढंगले उत्रिनुपर्ने बताउनुभयाे।

शाहीको अध्यक्षतामा गठन भएको समितिमा उपाध्यक्षमा उद्योगजंग मल्ल, किरण कुसारी र प्रेमप्रकाश पुन चयन हुनुभएकाे छ । त्यस्तै सचिवमा निरज जङ्ग मल्ल र रतन शाही सह-सचिवमा तिलक बुढा,गाेपाल केसी र नवीन बाँठा मगर यस्तै कोषाध्यक्षमा तिलक चन्द  चयन हुनुभएकाे छ ।

कार्यक्रममा बाँफिकाेट गाउँपालिका कांग्रेस सभापति जनक कुमार बाँठाले तरुण दल अब हुने चुनावमा कांग्रेसकाे पक्षमा परिमाण ल्याउन तयारीका साथ अगाडि बढन अनुराेध गर्नु भएकाे छ । कुनै पनि शक्तिसग नडराएर कांग्रेसकाे पक्षमा जित हासिल गर्न तयारीका साथ अगाडि बढ्न निर्देशन दिनुभएकाे छ ।

यस्तै तरुण दल रुकुम पश्चिमका अध्यक्ष लाेकेन्द्र केसीले तरुणदल नीति र विधीमा रहेर आफ्नाे जिम्मेवार पूरा गर्ने आग्रह गर्नुभएको छ ।