जाजरकोट काग्रेंसमा बेदराज सिंह सर्वसम्मत सभापती

नेपाली काग्रेस जाजरकोटको पार्टी सभापतीमा नेपाली काग्रेसका युवा नेता वेदराज सिंह सर्वसहमत हुनु भएको छ । केहिदिन देखि निरन्तर छलफल गरिरहेको कार्यदलले अन्तिम निश्कर्ष निकाल्दै सहमति सहकार्यबाट युवा नेता बेदराज सिंहलाई सर्वसहमत चयन गरेको कार्यदलका संयोजक रत्न खड्काले जानकारी दिनु भयो ।

सवै जिल्लाका वरिष्ठ नेताहरुको सहकार्य समन्वय बाटनै सिंह सभापतीमा निर्विरोध भएको वहाले बताउनु भयो । आइतवार भएको सहमती संगै सिंह पार्टी सभापतीमा सर्वसहत निर्वाचित हुने पक्का भएको छ । उपसभापतीमा रत्न खड्का , खड्क वि.सी चयन भएका छन् भने यसै गरी पार्टी सचिवमा तेज विक्रम शाह हरिचन्द्र वस्नेत सर्वसहमतिमा चएन भएका छन् सह सचिबमा भने पजारुका खडक वि.सी र छवि पन्तलाई सर्वसमहित बनाइएको छ ।कोषाध्यक्ष पछी मनोनित गर्ने प्राबधान अनुशार अहिले कोषाध्यक्ष खाली राखिएको छ ।

सदस्यहरुमा भेरी बाट यज्ञ वहादुर वटाला , रती नेपाली , र जनक केसी चयन भएका छन् एक नगरपालिकाबाट ३ र गाँउपालिका बाट २ जना सदस्य छनौट भएको कार्यदलले जनाएको छ । यसैगरी क्षेत्रीय सभापतीमा प्रदेश क बाट लिला वहादुृर शाह , प्रदेश ख बाट जनक राज शर्मा सर्वसहमत हुनु भएको छ । अन्य जिल्लाका वरिष्ठनेताहरुलाई महाधिवेशन प्रतिनिधिमा छनौट गरि सर्वसहमति बनाइएको हो । थप सहमतिको विवरण आउन बाकी छ हामी विस्तारै अपडेट गर्दे जानेछौ ।

आधिकारीक घोषणाको कार्यक्रम भने कति खेर गर्ने भन्ने वारेमा केहि खुलाइएको छैन । भोलि वस्ने निर्वाचन अधिकृत सहितको वैठकले घोषणाको कार्यक्रम बारे जानकारी दिने जनाइएको छ । यता विभिन्न युवा नेताहरुले भने सामाजिक संजालमा असन्तुष्टि जनाएको छन् आफ्ना चाहाना रहर बलिदानी र त्याग हुदा हुदै पनि पार्टीले आफुहरुलाई अवशर नदिएको प्रति उनीहरुले आपत्ती जनाएका छन् ।

पाईला खबर