कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत

सुर्खेत – कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत पाएका छन् । आज बुधबार प्रदेशसभामा विश्वासको मत सम्बन्धी उनले राखेको प्रस्ताव बहुमतले पारित भएको हो ।

सभामुख राजबहादुर शाहीले मुख्यमन्त्री शाहीले आफूमाथि प्रदेशसभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा २२ मत परेको र यो कर्णाली प्रदेशसभाको सदस्य संख्याको बहुमत भएकाले मुख्यमन्त्रीले विश्वासको मत पाएको घोषणा गरे ।

आजको प्रदेशसभा बैठकमा प्रमुख विपक्षी दल नेकपा एमालेका सांसदहरु भने सहभागी थिएनन् । मुख्यमन्त्री शाहीलाई उनको दल नेपाली कांग्रेसका ६, नेकपा माओवादी केन्द्रका १२, एकीकृत समाजवादीका ३ र राप्रपाका १ सांसदले मत दिएका छन् ।

कर्णाली प्रदेशसभा बैठकमा २२ सदस्य उपस्थित थिए ।