पत्रकार महासंघ स्थापना दिवस : रुकुममा प्रभातफेरी र विरामीलाई फलफूल वितरण गरि मनाईयो

नेपाल पत्रकार महासंघको ६७ औं स्थापना दिवसको अवसरमा  रुकुममा प्रभातफेरी तथा  बिरामीहरुलाई फलफूल वितरण गरी मनाईएको छ । नेपाल पत्रकार महासंघ रुकुम शाखाको आयोजनामा जिल्ला सदरमुकाम मुसीकोटमा बिहान प्रभातफेरी र जिल्ला अस्पताल सल्लेमा भर्ना भएका बिरामीहरुलाई फलफूल वितरण गरिएको थियो ।

पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघले प्रत्येक वर्ष आफ्नो स्थापना दिवसको अवसरमा बिरामी, गरिव तथा पीडित व्यक्तिहरुलाई सहयोग गरेर आफ्नो स्थापना दिवस मनाउदै आईरहेको छ

बिहान सदरमुकामको खलंगा बजारमा प्रभातफेरी र एक औपचारिक कार्यक्रमका बिच स्थापना दिवसको अवसरमा शुभकामना साटासाट गरिएको थियो । प्रभातफेरि सदरमुकामको कालिकाथान, प्रशासन कार्यालय, प्रहरी कार्यालय, तल्लो बजार, पुप्पलाल चोक हुँदै पुनः कालिकाथानमा आएर सभामा परिणत भएको थियो ।महासंघका जिल्ला अध्यक्ष लक्ष्मण केसीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव हिरा परियारले गर्नुभएको थियो भने सह सचिब नारायण ओलीले स्वागत मन्तव्य राख्नुभएको थियो ।  उक्त कार्यक्रम पछी जिल्ला अस्पताल सल्ले पुगेर बिरामीहरुको स्वास्थ्य लाभको कामनासँगै भर्ना भएका १० जना बिरामीलाई फलफुल वितरण गरिएको नेपाल पत्रकार  महासंघ रुकुम शाखाका अध्यक्ष केसीले जानकारी दिनुभयो ।

प्रभातफेरि कार्यक्रममा मुसिकोट नगरपालिकाका प्रमुख देवीलाल गौतम, प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरे, जिल्ला समन्वय समितिका सदस्य टेकबहादुर ओली, पत्रकारहरुको पेशागत संघ संगठनका प्रमुख तथा प्रतिनिधिहरु, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु, शिक्षक, बिद्यार्थीहरु लगायतको सहभागिता रहेको थियो ।