माओवादी केन्द्रकाे केन्द्रीय समिति प्रत्यक्ष निर्वाचनबाट निर्बाचित हुने, पार्टीको नाम परिवर्तन गर्न विकल्प खुला

काठमाडौँ – माओवादी केन्द्रले प्रतिस्पर्धात्मक विधिबाट केन्द्रीय समिति चयन गर्ने प्रावधान राखेर विधान पारित गरको छ । यसअघि केन्द्रीय समिति ‘सर्वसम्मत’ का नाममा केन्द्रीय समिति चयन गर्दै आएको उसले पहिलो पटक प्रत्यक्ष निर्वाचनबाट केन्द्रीय समिति चयन गर्नेगरी विधान संशोधनसहित पारित गरेको हो ।

विधान सम्मेलनले पार्टीको नाम परिवर्तन गर्ने बाटो खुला राखेको छ । पार्टीको नामबाट माओवादी हटाउन सकिने भए पनि कम्युनिस्ट पार्टी भने कायम राख्ने निर्णय गरेको छ । उसले नेकपा राखेर समाजवादी, वाम मोर्चा राख्न सकिने विकल्प खुला राखी विधान पारित गरेको हो । ‘नेपाल कम्युनिष्ट पार्टी कहिले पनि छाड्न सकिन्नँ । वाम मोर्चा, समाजवादी मोर्चा, एकता इत्यादि हुँदा पछाडि पुच्छरबारे छलफल गर्ने विकल्प खुला राख्न सकिन्छ,’ दाहालले भने । हाल पार्टीको चुनाव चिहृन भने कायम राखिने छ । ‘अहिले नाम यथावत् राख्ने र चुनाव चिह्न पनि थथावत् राख्नुपर्छ,’ दाहालले भने । दाहालको भनाइलाई हलले पास गरेको थियो ।

पार्टी केन्द्रीय समिति प्रत्यक्ष निर्वाचित र पदाधिकारी केन्द्रीय समितिले चयन गर्ने बताएका छन् । जारी विधान अधिवेशनलाई सम्बोधन गर्दै उनले समूहगत सुझावको आधारमा यो प्रावधान उपयुक्त निर्णय गरको छ ।

त्यस्तै विधानमा प्रस्ताव गरिएको भन्दा केन्द्रीय समितिको संख्या बढाउने निर्णयमा माओवादी पुगेको छ । मस्यौदामा १५१ सदसीय प्रस्ताव गरेकोमा अब १९९ सदस्यीय हुने छ । पदाधिकारीको संख्या घटाएर ११ रहने प्रावधान विधानमा राखिएको छ ।

अध्यक्ष दाहालले मंगलबार अधिवेशनमा प्रस्तुत गरेको विधान मस्यौदामाथि सबै समूहले सुझाव दिनक्रम बिहीबार सकिएको छ । प्रतिनिधिको सुझावको आधारमा विधानलाई अन्तिम रुप दिई हलबाट पारित भएको छ ।

मंगलबारदेखि काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सुरु भएको अधिवेशनमा सहभागीलाई विभिन्न २० समूहमा विभाजन गरिएको थियो । बुधबार १३ र बिहीबार सात समूहले मस्यौदा विधानमाथि सुझाव प्रस्तुत गरेका थिए ।