सुर्खेतमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु एक गम्भीर घाइते

सुर्खेत – सुर्खेतको सिम्तामा मोटरसाइकल दुर्घटनामा हुँदा एकजनाको मृत्यु भएको छ ।

माेटरसाइकल सवार वीरेन्द्रनगर नगरपालिका–३, एरिचोकका २८ वर्षीय विजय रानाकाे मृत्यु भएको हाे ।

सिम्ता गाउँपालिका–६, जामुनेबजारमा ट्याक्टर र मोटरसाइकल एक आपसमा ठोक्किंदा रानाको मृत्यु भएको र अर्का एकजना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

आइतबार साँझ सल्यानको सल्लीबजारबाट सुर्खेतको गोजी बजारतर्फ जाँदै गरेको बा९५प ५२९६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको भे१त ४५ नम्बरको ट्याक्टर एक आपसमा ठोकिएका थिए ।

रानाको घटनास्थलमै मृत्यु भएको हो भने मोटरसाइकल चालक वीरेन्द्रनगर नगरपालिका–१, ढोडेखालीका २३ वर्षीय रुपेश गिरीको अवस्था गम्भीर छ । उनको मेहलकुना अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार ट्याक्टर चालक र साहु भने फरार रहेका छन् ।