पोखरा – पोखरामा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । पोखराकाे हल्लनचोक बाट जिरो तर्फ गुडिरहेको बा.प्र ०२-०३४ प ५६२१ नम्बरको बुलेट मोटरसाइकल सडक बिचमा रहेको डिभाइडरमा ठोकिएर दुर्घटना भएको हो ।
दुर्घटनामा कैलालि सोरहनपुर गाउँपालिका ३ घर भएका २८ वर्षका महेस आचार्य र जानकी गाउँपालिका ३ बस्ने ३० वर्षका सैलेन्द्र कुमार उपाध्यायको मृत्यु भएको हो ।
उनीहरु दुर्घटनामा गम्भिर घाइते भएका थिए । दुवैजनालाई गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेका थिए ।
मोटरसाइकल प्रहरी नियन्त्रणमा छ भने दुवै जनाको शव पोष्ट मार्टमको लागि गण्डकी अस्पतालमा राखिएको छ ।
हेलो कर्णाली । १९ फाल्गुन २०८०, शनिबार १३:२५