नेकपा माओवादी केन्द्र आन्तरिक छलफलमा

 

सरकारबाट बाहिरिने तयारीमा रहेको नेकपा माओवादी केन्द्र आन्तरिक छलफलमा जुटेको छ । माओवादी केन्द्रका नेताहरुको बैठक सत्ता गठबन्धनमा उत्पन्न परिस्थिति, एमसीसी र सरकारबाट बाहिरिने लगायतका विषयमा केन्द्रीत रहेर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा बसिरहेको छ ।

हिजो बसेको बालुवाटारको बैठकमा एमसीसी पारित गराएरै छोड्ने प्रधानमन्त्री देउवाको अडान र संशोधन बिना सहमति जनाउन नसक्ने अध्यक्ष प्रचण्डको अडान पछि गठबन्धनमा रहेका दलहरु सौहार्दपुर्ण वातावरणमै आआफ्नो बाटो लाग्ने निष्कर्षमा पुगेका थिए ।

सोही निष्कर्षपछि प्रधानमन्त्री देउवाकै आग्रहमा बिहीबारका लागि तय भएको प्रतिनिधि सभा बैठक एक दिनका लागि स्थगित गरिएको थियो भने लगत्तै देउवाले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग संवाद गरेका थिए ।