लता मंगेशकरको निधनमा भारतमा दुई दिन राजकीय शोक

प्रख्यात गायिका लता मंगेशकरको निधनमा भारत सरकारले दुई दिन राजकीय शोकको घोषणा गरेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार भारत सरकारले आइतबार र सोमबार राजकीय शोक मनाउने घोषणा गरेको हो।

दुई दिन भारतको राष्ट्रिय झण्डा आधा झुकाइने छ। महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेका अनुसार लता मंगेशकरको अन्त्येष्टि राजकीय सम्मानका साथ गरिने घोषणा गरेका छन्।

लता मंगेशकरको शनिबार राति ९२ वर्षको उमेरमा निधन भएको हो। केही दिनदेखि बिरामी भएपछि उनी अस्पताल भर्ना भएकी थिइन्। उनमा कोरोना संक्रमणसमेत पुष्टि भएको थियो।

आफ्नो जीवनकालमा मंगेशकरले ३६ भाषामा ३० हजारभन्दा बढी गीत गाएकी छन्। मंगेशकरले नेपाली भाषामा समेत गीत गाएकी छन्।

आकाशको तिरमीर तारा म गन्न सक्दिन, जुन माटोमा जन्म्यौं हामी, बाचुन्जेलीलाई लगायत उनले गाएका नेपाली गीत हुन्।