ललितपुर महानगरपालिकाले धेरै जना एकै ठाउँमा जम्मा भएर जात्रा मनाउँदा कोभिड संक्रमण फैलन सक्ने भन्दै महानगरभित्र मनाइने जात्रा र अन्य चाडपर्वहरू प्रतिकात्मक रुपमा मनाउन आग्रह गरेको छ।
ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनको अध्यक्षतामा सरोकारवालाहरूको सहभागितामा बसेको बैठकले उक्त निर्णय गर्दै नागरिकलाई यस्तो आग्रह गरेको हो।
नगरप्रमुख महर्जनले महानगरभित्र मनाइने सबै प्रकार जात्राहरू पुजारी र सीमित संख्यामा सहभागी भएर मनाउने निर्णय गरेको जानकारी दिए।
उनले भने, ‘प्रतिकात्मक रुपमा नित्य पूजा गरी सम्पन्न गर्ने निर्णय गरिएको छ।’
नगरप्रमुख महर्जनले कोभिडबाट नागरिकलाई जोगाउन महानगरले यो निर्णय हो।
नगरप्रमुख महर्जनले भने, ‘कोभिड सकिएपछि हामी धूमधामसँग मनाउने छौं।’
श्रीकृष्ण जन्माष्टमी, जनैपूर्णिमा, सिंह जात्रा, (मत्यां जात्रा), भिन्द्यो जात्रा, कुम्भेश्वर मेला लगायतका जात्रा पर्वहरू क्रमश: सुरू हुँदैछन्।
नगरप्रमुख महर्जनले कोभिड नियन्त्रणमा नागरिकको भूमिका महत्वपूर्ण हुने बताउँदै घरबाहिर निस्कँदा मास्कको प्रयोग अनिवार्य रुपमा गर्न अनुरोध गरे।

suresh । ५ भाद्र २०७८, शनिबार ०८:१८