नेपाल तरुण दल चौरजहारीको अध्यक्षमा हुकुम ओली

नेपाल तरुण दल चौरजहारीको अध्यक्षमा हुकुम ओली चयन हुनु भएको छ । नेपाल तरुण दल चौरजहारीको दोस्रो नगर अधिबेशनले  सर्वसम्मत रुपमा अध्यक्षमा ओलीलाई चयन गरेको हो । अधिवेशनले अध्यक्षमा ओली सहित १५१ सदस्यीय नगर कार्य समिति गठन गरेको तरुण दल चौरजहारीका यदु कुमार आचार्यले जानकारी दिनु भयो ।

नेपाल तरुण दल चौरजहारीको अधिवेशनबाट बरिष्ठ उपाध्यक्षमा डिल्ली खत्री, उपाध्यक्षमा राम बहादुर चन्द र रुद्र गिरी सचिवमा सन्तोष मल्ल र  नारायण बुढा, सहसचिवमा शशिराम बिक, संजय मल्ल, भरत केसी र कोषाध्यक्षमा इन्द्र बहादुर डाँगी चयन हुनु भएको छ साथै अधिबेशनले नगरपालिकाका सबै वडा समेटिने गरी १५१ सदस्यीय कार्यसमिति चयन गरेको छ  ।

नेपाली कांग्रेस चौरजहारीका सभापति प्रेम बहादुर ओली, कर्णाली प्रदेश सदस्य बलबीर गोसाई महासमिति सदस्य तिलक भण्डारी तरुण दल जिल्ला उपाध्यक्ष एवं पार्टीका प्रदेश प्रतिनिधि जितेन्द्र बुढाथोकी लगायतको उपस्थितमा नव निर्वाचित अध्यक्ष तथा पधाधिकारी सदस्यहरुलाई  खादा र अविर आवरण गरी बधाई अनि कार्यकाल सफलताको शुभकामना व्यक्त गरिएको नेपाली कांग्रेस चौरजहारीका सहसचिव गोपाल लामिछानेले जानकारी दिनु भयो ।

चौरजहारी नगरपालिकाको वडा नं १ मा हिजो नेपाली कांग्रेस रुकुम पश्चिमका सभापति प्रेम प्रकाश ओली र कांग्रेस नेता गोपाल जी जंग शाहले भव्य कार्यक्रमका बीच उद्घाटन  गर्नु भएको तरुण दल चौरजहारीको दोस्रो नगर अधिवेशन नयाँ नेतृत्व चयन भए संगै समापन भएको छ । आज दिन भरी जसो चलेको बन्दसत्रमा तरुण दलका भावी योजना, निर्वाचन लक्षित छलफल र परिचालन लगायतका बिषयमा छलफल भएको तरुण दलका निवर्तमान अध्यक्ष एवं कांग्रेस चौरजहारीका नेता यदु कुमार आचार्यले बताउनु भयो ।

उपयुक्त मान्छेलाई तरुण दल जिम्मा लगाउदा पाउदा आफुलाई खुसी लागेको बताउनु भएका निवर्तमान अध्यक्ष यदु कुमार आचार्यले पार्टीले  दिएको जिम्मेवारी इमान्दारीताका साथ पुरा गर्दै आगामी निर्वाचनहरुमा पार्टीलाई विजयी गराउन साथीहरुलाई एकताबद्द बनाएर लैजाने अपेक्षा नव निर्वाचित कार्यसमिति संग राखेको बताउनु भयो ।