काठमाडौं – नेपाली कांग्रेसको खुल्ला तर्फका केन्द्रीय सदस्यको मतगणना सकिएको छ। शनिबारदेखि थालिएको मतगणना आइतबार साँझ सकिएको हो।
३५ जना निर्वाचित हुने खुला केन्द्रीय सदस्यका लागि ९९ जनाले चुनाव लडेका थिए। खुला केन्द्रीय सदस्यमा सबैभन्दा बढी डा. शशांक कोइरालाले मत पाएका छन्। यस्तै दोस्रो नम्बरमा एनपी साउद, तेस्रोमा बालकृष्ण खाँण, चौथोमा उदयशमशेर राणालगायत छन्।
३५ खुला केन्द्रीय सदस्यमा सभापति शेरबहादुर देउवा पक्षका अधिकांश उम्मेदवार विजयी भएका छन्। विजयीमध्ये २५ जना देउवा पक्षबाट छन् भने सभापतिमा पराजित शेखर कोइराला पक्षबाट ९ जनाले जित हात पारेका छन् । शशांक कोइराला भने देउवा र शेखर दुवै पक्षमा थिए ।
कांग्रेसको विधान अनुसार खुल्लातर्फ ३५ जना निर्वाचित हुने प्रावधान छ । ३५ जनाका लागि ९९ जना प्रतिस्पर्धामा थिए । जसमध्ये १६ जनाले पहिलोपटक कांग्रेस केन्द्रीय समितिमा प्रवेश पाएका छन् ।
शनिबारबाट थालिएको मतगणना आइतबार साँझ सकिएको हो।
निर्वाचित केन्द्रीय सदस्यहरु
१. डा.शशांक कोइराला
२. एनपी साउद
३. बालकृष्ण खाण
४. उदयशमशेर राणा
५. रामहरी खतिवडा,
६. रमेश लेखक
७. ज्ञानेन्द्रबहादुर कार्की
८. शंकर भण्डारी
९. जिपछिरिङ लामा
१०. अर्जुननरसिंह केसी
११. गोपालमान श्रेष्ठ
१२. जितजंग बस्नेत
१३. नैनसिंह महर
१४. सुनीलबहादुर थापा
१५. डा. रामशरण महत
१६. दिलेन्द्रप्रसाद बडु
१७. मोहनबहादुर बस्नेत
१८. बलबहादुर केसी
१९. गोविन्द भट्टराई
२०. कुन्दनराज काफ्ले
२१. दीपक गिरी
२२. सुरेन्द्रराज पाण्डे
२३. पद्मनारायण चौधरी
२४. गुरु बराल
२५. डा. गोविन्दराज पोखरेल
२६. राजीव ढुंगाना
२७. सञ्जयकुमार गौतम
२८. दिनेश कोइराला
२९. मदनबहादुर अमात्य
३०. अजयबाबु शिवाकोटी
३१. उमेशजंग रायामाझी
३२. गणेश लामा
३३. कृष्णकिशोर घिमिरे
३४. डा.गोपाल दहित
३५. मोहन आचार्य
हेलो कर्णाली । ४ पुष २०७८, आईतवार २१:३८