चौफा र आसपासका क्षेत्रमा नेपाल टेलिकमको सेवा सुचारु

नेपाल टेलिकमकाे रिपीटर टावर, स्थान नेप्टेकाँडा चाै न पा वडा न ११

रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा न ११ खोलागाउ चौफा आसपासको क्षेत्रमा आज देखि नेपाल टेलिकमको फोर जी सहितको फोन सेवा  सेवा सुचारु भएको छ । चौरजहारी नगरपालिका वडा न ११ नेप्टेकाडाँमा राखिएको रिपिटर टावर मार्फत सेवा सुरु भएको हो । हाललाई बैकल्पिक उर्जाका माध्याम द्वारा संचालन गरिएको टावर केहि समयमै विद्युत लाईन जोडिने बताइएको छ ।

चौरजहारी नगरपालिकाको केन्द्र बाट नजिकैको दुरीमा भए पनि  टेलिफोन को सुबिधा नहुदा चौफा र आसपासका क्षेत्रका जनता संचारको सुबिधा बाट लामो समय बन्चित  थिए। टेलिफोन गर्न अग्लो डाडामा जानू पर्ने विवशतामा गुज्रिएका जनतालाई नेपाल टेलिकमको फोरजी  सहितको फोन सेवा सुचारु भएपछी थोरै भए पनि  राहत मिलेको छ । चौफा बजारबाटै फोन सम्पर्क गर्न र आफ्नै मोबाईलमा फोरजी इन्टरनेट चलाउना पाउँदा खुसी लागेको नेपाली काङ्ग्रेस नगर सचिव एवं स्थानीय लक्ष्मण ओलीले हेलो कर्णाली लाई बताउनु भयो ।

वि स २०७४ साल देखि निर्माण सुरु गरिएको टावर विभिन्न खाले समस्याका कारण सुचारु हुन सकेको थिएन। ०७४ सालमा नेपाली काङ्ग्रेसका तर्फबाट वडा नं  ११ को अध्यक्ष निर्वाचित भए पछि मनमोहन शाह निरन्तर रुपमा टावर संचालनका लागि लागिरहेको र त्यसैको  परिणाम  स्वरूप टावर  संचालनमा  आएको चौफाका स्थानीयले बताए । स्थानीयले वडा अध्यक्ष शाह लगायत टेलिकमको सेवा सुचारु गर्न पहल गर्ने सबैका प्रती आभार व्यक्त गरेका छन ।

पटक पटक प्रदेश र केन्द्रमा अनुरोध गर्दा बल्ल आफ्नो कोसिसले सार्थकता पाएकोमा चौरजहारी नगरपालिका वडा न ११का अध्यक्ष मनमोहन शाहले खुसी व्यक्त गर्नु भयो। वडा अध्यक्ष शाहले भन्नू भयो “मंसिरमा काठमाडौ पुगि टेलिकमको सेवा सुचारुका लागि माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्री  ज्ञानेन्द्र बहादुर कार्कीलाई अनुरोध गर्दा पुस मसान्त सम्म जसरी पनि सेवा सुचारु गर्ने प्रतिबद्ध व्यक्त गर्नु भएको थियो, त्यसैको परिणाम आज हामी चौफा बजार बाटै मोबाईलमा कुराकानी गर्न सक्ने वातावरण बनेको छ त्यसका लागी सञ्चार तथा सूचना प्रविधि मन्त्रीज्यू लाई चौफाबासीका तर्फ बाट धन्यवाद व्यक्त गर्द्छौ ।”

उक्त टावर सन्चालनमा आए पछि रुकुम पश्चिम् सल्यान र रोल्पा जिल्लाका जनतालाई पनि सन्चार सुबिधा प्रयोग गर्न सहज भएको छ ।