माओवादीको बन्दसत्र सुरु, लिखित सुझाव पेश गर्न निर्देशन

काठमाडौं – नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन अन्तर्गत जारी तेस्रो दिनको बन्दसत्रमा समूहगत सुझाव पेश गर्ने क्रम सुरु भएको छ ।

कमलादीस्थित प्रज्ञा भवनमा जारी महाधिवेशनको बन्दसत्रमा समूहगत प्रस्तुति लिखित रुपमा राख्न निर्देशन जारी गरिएको छ ।

त्यस्तै राजनीतिक प्रतिवेदन र विधान संशोधनभन्दा बाहिर गएर प्रस्तुति नगर्न पनि निर्देशन दिइएको छ ।

समूहका नेतालाई आफ्नो प्रस्तुति १५ मिनेटभित्र सक्न समय तय गरिएको छ । उनीहरुलाई १२ मिनेट भएपछि जनाउ घण्टी बजाइने छ ।

प्रस्तुतिको अभिलेखिकरण गर्न माओवादीको बन्दसत्रमा तीन जनाको टोली बनाएको छ ।