चौरजहारी १४ मा काङ्ग्रेस एमालेको संयुक्त चुनावी सभा भव्य रुपमा सम्पन्न

स्थानीय तह निर्वाचन नजिकिदै जादा दलहरुले चुनावी प्रचार प्रसारलाई तीब्र बनाएका छन।  नेपाली काङ्ग्रेस र नेकपा एमाले गठबन्धनको संयुक्त चुनावी सभा चौरजहारी नगरपालिकाको वडा न १४ नुवाकोटमा बुधबार सम्पन्न भएको छ । गठबन्धन प्रती सर्वसाधारण जनताको लहर र विश्वास बढ्दै गएको हुँदा आज सम्मकै भव्य कार्यक्रम वडा न १४ मा सम्पन्न भएको नेकपा एमालेका तर्फबाट प्रतिनिधित्व गर्नु हुने संघीय सांसद तिर्था गौतमका स्वकीय सचिब कौशिला केसीले जानकारी दिनु भयो ।

संयुक्त चुनावी सभामा प्रमुख अतिथी नेकपा एमाले केन्द्रिय सदस्य एवं संघीय सांसद तिर्था गौतम, नेपाली काङ्ग्रेसका महासमिति सदस्य तिलक भण्डारी गठबन्धनका तर्फबाट नगर प्रमुख र उपप्रमुखका उमेदवार क्रमशः  प्रेम बहादुर वली र टंक प्रसाद वली लगायतले आआफ्ना धारणा राख्नु भएको थियो ।

चुनावी सभामा बोल्ने वक्ताहरुले गठबन्धन जीत नजिक पुगेको बताएका थिए, काङ्ग्रेस एमाले गठबन्धन प्रती जनताले देखाएको माया अनि विश्वासले त्यसको पुष्टि गरेको बताउदै एकताबद्द भएर सबै खाले अतिवाद,निरंकुशता र बेथितिका बिरुद्द लड्नु र चौरजहारी निर्माणमा योगदान दिनु आजको आवश्यकता भएको हुदा कुनै पनि डर, धाक,धम्की र प्रलोभनमा नपरी निर्धक्क काङ्ग्रेस एमालेका साझा उमेदवारहरुलाई मतदान मार्फत विजयी गराउन अपील गरेका थिए।

संयुक्त चुनावी कार्यक्रममा अमरसिंह राना, प्रेम पुन, पहल बहादुर पुन, पहल राना लगायतका स्थानीय युवाहरु नेपाली काङ्ग्रेस प्रवेश गरेको संयुक्त प्रचार प्रसार समितिका सदस्य कौशिला केसीले जानकारी दिनु भयो ।