आज ८६७ संक्रमित थपिए सँगै, ११२३ जना निको भए

काठमाडौँ – आज नेपालमा थप ८६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। जनसंख्या मन्त्रालयका अनुसार शनिबार ८६७ जना संक्रमित थपिएका हुन्।

पछिल्लो २४ घण्टामा ८२१९ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। ५५९८ जनाको पिसिआर परीक्षण र २६२१ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

नेपालमा हाल १७६४२ जना सक्रिय संक्रमित छन्।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ९ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या १११५७ पुगेको छ।

११२३ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसैगरी कोरोनाबाट निको हुनेको दर ९६.४ प्रतिशत छ।

त्यस्तै काठमाडौं उपत्यकामा थप दुई सय ५५ जना संक्रमित थपिएका छन्। काठमाडौंमा एक सय ६४ जना, भक्तपुरमा २६ जना र ललितपुरमा ६५ संक्रमित थपिएका हुन्।