बाँफिकाेटमा ४३ फिट उचाईकाे शिव मन्दिर निर्माण

 

रुकुमकाे बाँफिकाेट ६ मग्मामा शिव मन्दिर निर्माण गरिएकाे छ ।

स्वदेश तथा विदेशमा रहेका नेपालीहरुकाे सहयाेगबाट मग्माकाे नाउलामा ४३ फिट उचाईकाे शिव मन्दिर निर्माण भएकाे हाे । गएकाे मंसिरबाट  निर्माण  कार्य सुरु गरेर फागुन १५ गते सम्पन्न भएकाे मन्दिर निर्माण समितिका संयाेजक शेर बहादुर खत्रीले बताउनुभयो । संयाेजक खत्रीका अनुसार गाउँका केही बुद्धिजीवीकाे सल्लाहले गाउँमा मन्दिर बनाउने उद्धेश्य राखेर निर्माण  कार्य अगाडि बढाएकाे बताउनुभएको ।

गाउँमा पूजापाठ गर्ने उद्धेश्य राखेर गाउँबाट साना रकम संकलन गरेर निर्माण कार्य सुरु गरेकाे भएपनि अहिले स्वदेश तथा विदेशमा रहेका नेपालीहरुबाट सहयाेग बढदै जान मन्दिरकाे आकार ठुलाे भएकाे आर्थिक संयाेजक खम्बु खत्रीले बताउनुभयो ।

अहिले पनि मन्दिर निर्माण गर्दा समिति व्ययभार रहेकाले अझै पनि सहयोगी मनहरुकाे आशामा रहेकाे आर्थिक संयाेजक खत्रीकाे भनाई रहेकाे छ । उहाँका अनुसार ५ हजार भन्दा माथि सहयोग गर्ने सहयाेगीदाताकाे नाम शिलालेखमा लेखेर राख्ने र साे भन्दा कम सहयोग गर्नेहरुकाे मन्दिरकाे भित्तामा लेखिने बताएकाे छ।

मन्दिरमा आईतबारदेखि हाेम महायज्ञ तथा पूजापाठ, पञ्चेबाजासहित गाउंपरिक्रम   गरिएकाे छ भने भाेलि १७ गते शिवरात्रीकाे दिन मन्दिरको समउद्घघाटन तथा आय व्यय प्रस्तुत गर्ने कार्यक्रम रहेकाे मन्दिर निर्माण समिति सदस्य धनकुमारी रिजालले बताउनुभयाे । मन्दिरमा पूजापाठ गर्ने भक्तजनहरु र स्थानीयकाे भिड लागेकाे छ ।