नेपाली कांग्रेस चौरजहारीद्वारा शुभकामना आदान प्रदान

नेपाली कांगेस चौरजहारी नगर कमिटिद्वारा बडा दशैँ ,तिहार तथा छठ पर्व २०७८ को अवसरमा आयोजित  शुभकामना आदान प्रदान कार्यक्रम सोमबार चौरजहारीमा सम्पन्न भएको छ।

चाडपर्वको अवसरमा शान्ति,अमनचयन, भातृत्व र सहकार्यको भावनालाई झन् बलियो बनाउन शुभकामना आदान प्रदानको कार्यक्रम आयोजना गरिएको नेपाली कांग्रेस चौरजहारी नगर कमिटि अध्यक्ष प्रेम बहादुर ओलीले बताउनु भयो ।

कार्यक्रममा उपस्थित अतिथि तथा सहभागीहरुले एक आपसमा शुभकामना आदान प्रदान गरेको कार्यक्रममा नेपाली कांग्रेस रुकुम पश्चिमका जिल्ला सभापति प्रेम प्रकाश ओली प्रमुख अतिथि रहनु भएको  थियो । सो कार्यक्रममा चौरजहारी नगरपालिका उप प्रमुख राधा रोका, नेपाली कांग्रेस जन सम्पर्क बिभागका केन्द्रीय सदस्य तिलक भण्डारी, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा नेविसंघ केन्द्रीय कमिटिका पुर्व उपाध्यक्ष खडक डाँगी,नेकपा माओबादी केन्द्र चौरजहारीका अध्यक्ष श्रीकृष्ण शर्मा, शीतल क्याम्पस चौरजहारीका सह-क्याम्पस प्रमुख रमेश लामिछाने, नेपाल शिक्षक महासंघ कर्णाली प्रदेश सदस्य ठकेन्द्र आचार्य, नेपाल शिक्षक महासंघ नगर कमिटि सचिव हिरालाल बिस्ट, नेपाल तरुण दल चौरजहारी नगर कमिटि अध्यक्ष यदु कुमार आचार्य लगायत सय बढी स्थानीय ब्यापारी बुद्दिजीवी, जनप्रतिनिधि, कर्मचारी  ,पत्रकार, राजनीतिक दलका स्थानीय नेता कार्यकर्ता र सर्वसाधारणको उपस्थिति रहेको थियो।

यसै बिच नेपाली कांग्रेस रुकुम पश्चिमका जिल्ला सभापति प्रेम प्रकाश ओलीले द चौरजहारी होटल रहेको भवनमा संचालन सुरु गरिएको  नेपाली कांग्रेस चौरजहारीको नयाँ कार्यालय उद्घाटन गर्नु  भएको थियो ।

नेपाली कांग्रेस चौरजहारीका सचिव लक्ष्मण ओलीले संचालन गर्नु भएको सो कार्यक्रममा चौरजहारी नगर कमिटि सहसचिव गोपाल लामिछानेले स्वागत मन्तब्य राख्नु भएको थियो भने कार्यक्रम नेपाली कांग्रेस चौरजहारीका सभापति प्रेम बहादुर ओलीको अध्यक्षतामा सम्पन्न भएको थियो ।