कपुरकोटमा जिप दुर्घटना, ६ घाईते १ को अवस्था गंभिर

सल्यानको थारमारेबाट दाङको तुलसीपुर तर्फ जाँदै गरेको भे १ त १८९० नम्बरको डबल क्याप बाेलेराे आइतबार बिहान कपुरकोट गाउँपालिका ३ बनस्पती खोलामा दुर्घटना भएको छ। दुर्घटनामा परि ६ यात्रु घाईते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएकाे छ।

दुर्घटनामा घाईतेहरुलाई उपचारको लागि दाङको तुलसीपुर पठाइएको  छ । घाइते मध्य एक को अवस्था गम्भीर रहेको र अन्यको अवस्था सामान्य रहेको सल्यान प्रहरीले बताएको छ ।  घाइते हुनेहरु सबै बागचाैर नगरपालिका १ का रहेकाे प्रहरीले जनाएकाे छ । गाडी  भीरबाट करिब एक सय मिटर तल खाेलामा खसेकाे थियो ।

यस्ताे छ घाईतेहरुको अवस्था

१) सल्यान बागचौर नगरपालिका १ बस्ने बर्ष १४ का आयुस बस्नेत ( शरिरमा चोट अबस्था बोल्न सक्ने मध्यम)

२) सल्यान बागचौर नगरपालिका १ बस्ने अन्दाजी वर्ष २२ को मनोज बस्नेत खुट्टामा चोट ( अबस्था मध्यम )

३ ) सल्यान बागचौर नगरपालिका १ बस्ने अन्दाजी वर्ष २७ कि सिता ओली ( हात र खुट्टामा चोट अबस्था मध्यम )

४ ) सल्यान बागचौर नगरपालिका १ बस्ने अन्दाजी वर्ष २८ कि बबिता रावल ( मुखमा चोट अबस्था मध्यम )

५ ) बबिता रावलकी छोरी बर्ष ११ कि एसिका रेउले ( सामान्य )

६) नामथर वतन नखुलेको अन्दाजी बर्ष ३५ को पुरुष (गम्भीर   )