
नेपाली काङ्ग्रेस भेरी नगरपालिका जाजरकोटको सभापतिमा शशीराम बुढा भारी मतान्तरले विजयी भएका छ्न।
नेपाली काङ्ग्रेसमा सशक्त एव चर्चित युवा नेता बुढा गत ०७४ सालको स्थानीय निकाय निर्वाचनमा निर्वाचित भेरी नगरपालिका वडा न ९ बहालवाला वडा अध्यक्ष पनि हुन । भेरी नगरपालिकामा नगर सभापतिको लागि अन्तिम समय सम्म सहमतिमा नेत्तृत्व चयनका लागि कोसिस भए पनि सहमती जुट्न नसक्दा अन्ततः मतदान भएको थियो ।
कुल मतदाता २२१ रहेको नेपाली काङ्ग्रेस भेरी नगरपालिकाको मतदानमा २१५ मत खसेका भएपनी ४ मत बदर भएका थिए। सदर २११ मत मध्य विजयी शशीराम बुढाले १६८ र प्रतिद्वन्द्वी ज्ञानी आचार्यले ४३ मत प्राप्त गरेका थिए । जनमतको सम्मान गरेर अगाडि बढ्ने बताउदै नेपाली काङ्ग्रेस भेरी नगर वडा न ११का सभापति रमेश कुमार शर्माले भन्नु भयो “हामीले अन्तिम सम्म सबैलाई मिलाएरै नेत्तृत्व चयनका लागि कोसिस गरेका हौ त्यो सम्भव नभए पछि लोकतान्त्रिक प्रक्रिया बाटै नेतृत्व चयन गरिएको हो, चुनावमा जीत हार स्वाभाविक प्रक्रिया हुन निर्वाचन बाट प्राप्त परिणामलाई स्वीकार गरि एकताबद्द काङ्ग्रेस निर्माणका खातिर सबै आ आफ्नो क्षेत्रबाट लाग्नु आजको आवश्यकता हो।”
नगर सभापति बाहेकका अन्य पदमा भने निर्बिरोध निर्वाचन सम्पन्न भएको छ। यसै बिच नेपाली काङ्ग्रेस रुकुम पश्चिमका सभापति प्रेम प्रकाश ओलीले साविक बिजयश्वरी गाबिस नेपाली काङ्ग्रेसका नेता स्वर्गिय सार्की बुढाका सुपुत्र शशिराम बुढाको राजनिती यात्रा सफलताको कामना गर्दै भेरी नगर सभापतिमा निर्वाचित भएकोमा बधाई तथा कार्यकाल शुभकामना व्यक्त गर्नु भएको छ ।

हेलो कर्णाली । १० आश्विन २०७८, आईतवार १४:२९