सल्यानमा एकीकृत समाजवादीको कार्यकर्ता प्रशिक्षण भेला सम्पन्न

सल्यान – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सल्यानकाे जिल्ला स्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण भेला सम्पन्न भएकाे छ ।

पार्टीका अध्यक्ष कमरेड माधवकुमार नेपालकाे प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष लगाएत पार्टीका उपमहासचिव एवं कर्णाली प्रदेश इन्चार्ज प्रकाश ज्वाला, प्रदेश सहइन्चार्ज शेरवहादुर केसी, प्रदेश अध्यक्ष अमरवहादुर थापा, केन्द्रीय सदस्य धिरेन्द्र श्रेष्ठले प्रशिक्षणात्मक मन्तव्य राखेका थिए ।

जिल्ला अध्यक्ष उदय बोहराकाे अध्यक्षतामा भएकाे कार्यक्रमको संचालन जिल्ला सचिव रमेश गाैतमले गरेका थिए ।

सभाकै रुपमा गरिएको अगुवा कार्यकर्ता प्रशिक्षण भेला कार्यक्रममा बिभिन्न पार्टीबाट दुई सय बढि नेता कार्यकर्ता एकीकृत समाजवादीमा प्रवेश गरेका थिए ।