चौरजहारी – यदु स्मृती भवनमा आयोजित एक भेलाका बिच नेकपा एमालेको युवा संगठन युथफोर्स नेपालको चौरजहारी नगर कमिटि गठन गरिएको छ। उक्त भेलाले दिल बहादुर परियारको अध्यक्षतामा ७९ सदस्यिय कमिटीमा गठन गरेको हो। नव गठित कमिटीमा सुरेन्द्र नेपाली र बिरेन्द्र मल्ल उपाध्यक्ष,कृष्ण प्रसाद शर्मा सचिव,प्रदिप गिरि र झरणा बिश्वकर्मा सह- सचिव र दिपक सुनार काेषाध्यक्ष रहनु भएको छ।

उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा नेकपा एमाले प्रदेश कमिटि सदस्य कर्ण ब घर्तिले गांऊगांउमा सिंहदरबार भन्ने नारा लगाई सरकारमा आएका सरकारका प्रतिनिधिहरूले गांउगांउमा दरवार नल्यायर सिंह मात्र ल्याएकाे र त्याे सिंहले शान्ति हैन समाजमा अशान्ति र अराजकता मात्रै फैलाई रहेको हुदा सचेतता पूर्वक त्यसको प्रतिरोध गर्न र जनताको जीउधनको सुरक्षाको लागी पनि समाजमा युथफार्स आजकाे आवश्यक्ता रहेकाे बताउनु भयाे।
भेलामा नेकपा एमाले प्रदेश कमिटि सदस्य कर्ण घर्ती,ऋषि प्रसाद शर्मा,चन्द्र विश्वकर्मा,जिल्ला अध्यक्ष टंक प्रसाद वलि,राष्ट्रिय युवासंघ केन्द्रीय सचिवालय सदस्य तथा रूकुम जिल्ला ईन्चार्ज गंगाराम राेकाय जाेन,केन्द्रीय सदस्य तथा पुर्ब युथफाेर्स अध्यक्ष लाेकेन्द्र मल्ल लगायतको उपस्थिति रहेकाे थियाे।

हेलो कर्णाली । २६ भाद्र २०७८, शनिबार १५:०८