रूकुम पश्चिमकाे जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड सानीभेरीमा सुरु

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ३ बेलटापुमा १४ औ जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्डको उद्घाटन भएको छ । मंगलबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले शिल्डको उद्घाटन गर्नुभएको हो ।

रनिङ शिल्ड उद्घाटन सत्रलाई सम्बोधन गर्नुहुँदै मुखयमन्त्री शर्माले शिल्डलाई जित र हारको रुपमा भन्दा पनि क्षमता प्रदर्शनीको अवसरका रुपमा लिनुपर्ने बताउनुभएको छ ।

उक्त जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगितामा जिल्लाका सबै पालिकाबाट खेलाडीहरू सहभागी छन् ।