संसदमा जारी अवरोध हटाउन सत्तारुढ गठबन्धनको बैठक

संसदमा जारी अवरोध हटाउन पाँच दलीय सत्तारुढ गठबन्धनले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग वार्ता गर्ने निष्कर्ष निकालेको छ।


संसदमा पेश भएका महत्वपूर्ण विधेयक अगाडि बढाउन संसदको गतिरोध अन्त्यका लागि वार्ता गर्ने निष्कर्ष निकालेको बैठकमा सहभागी नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले बताए। उनले बैठकमा मन्त्रिपरिषद् विस्तारका बारेमा छलफल भए पनि निष्कर्षमा नपुगेको बताए।

सत्ता गठबन्धन बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल लगायतका नेता सहभागी थिए।