सुर्खेतमा अलपत्र परे भन्दै मोवाइल चोर्ने गिरोह सक्रिय

 

सुर्खेत – पछिल्लो समय कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरमा मोबाइल चोर्ने र लुट्नेहरूको विगविगी छ । दुई साताभित्र ८ वटा मोवाइल चोरीका उजुरी दर्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कनक शाहीका अनुसार पछिल्लो समय वीरेन्द्रनगरमा ‘समस्यामा परे, एकछिन फोन गर्छु भन्दै मोबाइल माग्ने, र भाग्ने’ गरेको पाइएको छ ।

दुईजना पक्राउ परेपनि मोवाइल चोर्ने गिरोह नै हुन सक्ने प्रहरीले बताएको छ । यस्तै तरिका अपनाएर मोबाइल चोरीमा प्रयोग गरिएका थप सवारीसाधानको विवरणसमेत प्राप्त गरेको र त्यसको खोजी कार्य भइरहेको प्रहरीले जनाइएको छ ।

पक्राउ परेका २ जनालाई मंगलबार जिल्ला अदालत सुर्खेतबाट म्याद थप गरी अनुसन्धान थालिने प्रहरीले जनाएको छ ।