काठमाडौं – सत्ता साझेदार दलहरूले न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गर्दैछन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री प्रचण्डले कार्यदलले तयार पारेको न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प सार्वजनिक गर्ने कार्यक्रम छ ।
सत्ता साझेदार दलबाट दुई-दुई जना नेता सदस्य रहेको कार्यदलले न्यूनतम साझा कार्यक्रम तयार गरेको थियो । उक्त कार्यक्रम शीर्ष नेताले अध्ययन गरेपछि आज सार्वजनिक गर्न लागिएको हो ।
गत फागुन २१ सत्ता साझेदार दलहरूले सरकारका साझा न्यूनतम कार्यक्रम तयार गर्न १० सदस्यीय कार्यदल गठन गरेका थिए ।
कार्यदलमा एमालेका विष्णु पौडेल र विष्णु रिमाल, माओवादीका वर्षमान पुन र जनार्दन शर्मा, रास्वपाका स्वर्णिम वाग्ले र मुकुल ढकाल, जसपाका राजेन्द्र श्रेष्ठ र मनिष सुमन तथा एसका प्रमेश हमाल र घनश्याम भुसाल सहभागी थिए ।
कार्यदलले शुक्रबार साझा न्यूनतम कार्यक्रमलाई पूर्णता दिएर शनिबार बिहान प्रधानमन्त्रीका साथै शीर्ष नेताहरूलाई बुझाएको थियो ।
हेलो कर्णाली । ६ चैत्र २०८०, मंगलवार ०८:१७