२० देशका लागि राजदूत सिफारिस

सरकारले लामो समयदेखि रिक्त रहेका विभिन्न २० देशमा राजदूत सिफारिस गरेको छ।

बिहीबार साँझ बसेको मन्त्रिपरिषद बैठकबाट परराष्ट्र सेवाका ८ र अरू विभिन्न क्षेत्रबाट १२ जनालाई राजदूत सिफारिस गरेको हो।

सिफारिस हुने राजदूतमा बिष्णुपुकार श्रेष्ठ-चीन, दानबहादुर तामाङ- दक्षिण अफ्रिका, शर्मिला पराजुली ढकाल- स्पेन, बासुदेव मिश्र- श्रीलंका, मिलन तुलाधर- रूस, डिल्लीराज पौडेल- मलेसिया, शान्ता रिजाल -इजरायल, नवराज सुवेदी- साउदी अरब, कैलाश पोखरेल- अष्ट्रेलिया, ज्योति प्याकुरेल -दक्षिण कोरिया र रामसुरज राय यादव- डेनमार्कका लागी छन् ।

उत्तरी छिमेकी चीनका लागि राजदूतमा सिफाररिस भएका बिष्णुपुकार श्रेष्ठ माओवादी केन्द्रको कोटामा राजदूत सिफारिस भएका हुन्।

त्यस्तै परराष्ट्र सेवाबाट दुर्गाबहादुर सुवेदी -जापान, निर्मलराज काफ्ले- ब्राजिल, भरतकुमार रेग्मी- अष्ट्रिया, सुशीलकुमार लम्साल – इजिप्ट, , नरेशविक्रम ढकाल, डोरनाथ अर्याल, तिर्थराज वाग्ले, हरिशचन्द्र घिमिरे र घनश्याम बन्जाडे- बंगलादेशका लागी राजदूत नियुक्तिका लागि सिफारिस भएका छन् ।

भोलिदेखि निर्वाचन आयोगले आचार संहिता लागू गर्ने भएकाले सरकारले आजै राजदूत सिफारिस गरेको हो भने सिफारिस भएका व्यक्तिहरू संसदीय सुनुवाइबाट अनुमोदन भएपछि राजदूत नियुक्त हुनेछन्।

यसैगरी सरकारले चिनियाँ कम्पनीबाट १२ सय मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत आयोजना खोसेको छ । मन्त्रिपरिषद्को बैठकले स्वदेशी लगानीमै जलाशययुक्त जलविद्युत आयोजना बनाउने निर्णय गरेको हो ।