अर्थमन्त्री शर्माद्वारा चौरजहारीमा पालिका सम्मेलन उद्घाटन

नेकपा माओवादी केन्द्र रुकुम पश्चिम चौरजहारी नगरपालिकाको  दोस्रो सम्मेलन उद्घाटन भएको छ । अर्थमन्त्री तथा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य संगठन विभाग प्रमुख जनार्दन शर्मा ‘प्रभाकर’ले उद्घाटन गर्नु भएको हो  । चौरजहारी नगरपालिका -७  नार्जी बजारमा आयोजित सम्मेलनलाई अर्थमंत्री शर्माले केहि बेरमा संबोधन गर्नु हुने बताईएको छ ।

नेकपा माओबादी केन्द्र रुकुम पश्चिमको आज त्रिवेणी, मुसिकोट सानीभेरी र चौरजहारी समेत चार पालिकामा सम्मेलन हुदै छ ।