नेपाली काङ्ग्रेस चौरजहारी नगर कार्यसमितिको पहिलो बैठक नगर समितीको कार्यालय चौरजहारीमा बिहीवार सम्पन्न भएको छ । गत असोज ९ गते सम्पन्न प्रथम नगर अधिवेशनबाट प्रेम बहादुर ओलीको नेतृत्वमा सर्वसम्मत चयन भएको समितीले आफ्नो पहिलो बैठक आज सम्पन्न गरेको हो ।
नेपाली काङ्ग्रेस नगर कार्यसमितिको पहिलो बैठकले प्रथम नगर अधिवेशन सफलतापूर्वक सम्पन्न गराउने परमेश्वर भन्डारी नेत्तृत्वको नगर समिती सहित निर्वाचन अधिकृत र निर्वाचन समितीलाई धन्यवाद ज्ञापन गरेको गरेको छ। त्यसै गरि सहमती,सहकार्य र एकताको भावनाका साथ आफुहरुलाई नगर समितीमा सर्वसम्मत रुपमा चयन गर्ने सम्पूर्ण कृयाशिल सदस्य, नेपाली काङ्ग्रेसका शुभेच्छुक शुभचिन्तकहरु र नेपाली काङ्ग्रेसका केन्द्रिय, जिल्ला र स्थानीय नेताहरुका प्रती आभार व्यक्त गरेको छ । बैठकमा प्रत्येक वडामा कार्यालय स्थापना, टोल समिति गठन, नगर पार्टीको कार्यालय व्यबस्थापन, हरेक महिनामा घुम्ति बैठक लगायतका संगठन विस्तारका बिषयमा व्यापक छलफल हुनुका साथै महत्वपूर्ण निर्णय भएको सभापति प्रेम बहादुर ओलीले बताउनु भयो ।
बैठकले बेरोजगारी अहिले चौरजहारीको मुख्य समस्या भएको भन्दै नेपाली कांग्रेसका नेता कार्यकर्तालाई तथा आम जनतालाई पनि उत्पादनमुखि कार्यक्रममा जोड्न रणनीति निर्माण गर्ने निर्णय गर्नुका साथै कानुनी सल्लाहकारका रुपमा अधिवक्ता मनिषा भण्डारीलाई मनोनित गरेको छ ।
नगरकार्य समितिको प्रथम बैठकमा नेपाली काँग्रेसका स्थानिय नेता कार्यकर्ताको उलेख्य्य उपस्तिथी हुनुका साथै नेपाली काँग्रेस जनसम्पर्क विभागका केन्द्रीय सदस्य तिलक भण्डारी, खेलकुद विभागका केन्दीय सदस्य शिवलाल आचार्य, पार्टीको जिल्ला कार्यसमितिका पूर्व सचिव तथा महाधिवेशन प्रतिनिधि मनमोहन शाह, तरुण दलका जिल्ला अध्यक्ष लोकन्द्र केसी, नेताहरु बलबिर गोसाई, भद्रबहादुर बिष्ट लगायतको उपस्थिति रहेको कुरा नेपाली कांग्रेसका युवा नेता यदु कुमार आचार्यले बताउनु भयो ।

हेलो कर्णाली । ११ कार्तिक २०७८, बिहीबार १९:२१