सुर्खेतबाट काठमाडौं जादै गरेको बस दाङमा दुर्घटना

दाङ – सुर्खेतबाट काठमाडौं जादै गरेको यात्रुबहाक बस गए राति दाङमा दुर्घटना हुँदा २९ जना घाइते भएका छन्। बसको अगाडिको पट्टा भाँचिएपछि अनियन्त्रित भइ राति पौने २ बजे दुर्घटनामा परेको थियो।

कर्णाली प्रदेश ०२–००१ ख ०२१९ नम्बरको बस पूर्वपश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका ३ नारायणपुरमा दुर्घटनामा परेको हो।

बस दुर्घटनामा २९ यात्रु घाइते रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक सुरेश काफ्लेले बताए। उनकाअनुसार तीन जना घाइतेको अवस्था गम्भीर छ। घाइतेहरूको लमही अस्पतालमा उपचार भइरहेको छ भने सात जना घाइतेको थप उपचारका लागि कोहलपुर सिफारिस गरिएको प्रहरीले जानकारी दिएको छ । घाइतेहरूको नाम ठेगाना भने खुल्न बाँकी नै रहेको छ । बस चालक प्रहरीको नियन्त्रणमा रहेको जानकारी प्राप्त भएको छ ।