तिहारमा घर जाने यात्रुलाई सडकमै कोरोनाविरुद्धको खोप दिइने

तिहार मनाउन घर जान लागेका यात्रुलाई कोरोनाविरूद्धको खोप लगाइने भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसारका तिहार मनाउन काठमाडौं बाहिर जाने यात्रुलाई कोटेश्वर, गोंगबु, बल्खु र कलंकी चोकमा कोरोनाविरुद्धको खोप दिन लागिएको हो। दुईदिनसम्म सञ्चालन हुने कार्यक्रम बिहान ७ बजेदेखि बेलुका ४ बजेसम्म सञ्चालन हुनेछ।

यी चार स्थानमा आज बिहानदेखि नै खोप कार्यक्रम सुरु गरिएको छ। आज र भोलि दुई दिन चल्ने खोप कार्यक्रममा आफ्नो उमेर खुल्ने परिचयपत्र देखाएर खोप लगाउन सकिनेछ। भेरोसिल र एस्ट्राजेनेका खोप नि:शुल्क लगाइने मन्त्रालयले जनाएको छ।