जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले अत्यावश्यक बाहेकका राहदानी सिफारिस बन्द गरिएको जनाएको छ।कार्तिकको अन्तिम हप्ताबाट विद्युतिय राहदानी जारी हुने र सो को तयारीको लागि आज देखि तिहारको बिदा पछिको कम्तीमा २ हप्ता वा अर्को सूचना नआउन्जेल सम्म राहदानी सिफारिस स्थगित हुने जनाएको हो।
तर, अत्यावश्यक भै बिदेश आउ जाउ गर्नु पर्ने अवस्था भए कारण र आवश्यक प्रमाण पुर्याई निवेदन दिएमा भने द्रुत सेवाका लागि राहदानी सिफारिस गरिने जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमद्वारा जारी सूचनामा बताईएको छ।
हेलो कर्णाली । ८ कार्तिक २०७८, सोमबार १२:११