नेपाल र बंगलादेश बीचको जारी दोस्रो मैत्रीपूर्ण खेलको पहिलो हाफ बराबरीमा सकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी पहिलो हाफ गोलरहित बराबरीको अवस्थामा सकिएको हो ।

दुबै टोलीले गोलका लागि केही अवसर पाए पनि सदुपयोग गर्न सकेनन् । खेलको ९ मिनेटमा नेपालले पहिलो मौका चुकायो भने ७ मिनेटमा बंगलादेशले गोल गर्ने अवसर गुमायो । यसअघि पहिलो मैत्रीपुर्ण खेलमा नेपालले बगलादेशलाई २–१ गोल अन्तरले पराजित गरेको थियो ।
एएफसी महिला एसिया कप –२०२२ छनोटको तयारीका लागि नेपाल र बंगलादेश मैत्रीपूर्ण खेल खेलेका हुन् । नेपाली टीम उज्वेकिस्तानमा हुने समूह एफको खेलमा नेपालले फिलिपिन्ससङ २ असोज र हङकङ सङ ५ असोजमा खेल्ने भोलि त्यसतर्फ प्रस्थान गर्नेछ ।
नेपाली टिम
गोलरक्षक: अन्जना राना मगर
डिफेण्डर: हिरा कुमारि भुजेल, अमृता जैशी, गिता राना, पुजा राना
मिडफिल्डर: सरु लिम्बू, प्रीति राई, रेणुका नगरकोटी,
स्ट्राइकर: अनिता बस्नेत, बिमला चौधरी, रश्मि घिसिङ

हेलो कर्णाली । २७ भाद्र २०७८, आईतवार १३:१३