रुकुम आठबिसकोटमा ट्याक्टर दुर्घटना, एककाे मृत्यु एक घाईते

रुकुम पश्चिम – रुकुम पश्चिमकाे आठबिसकोटमा रा १ प ४४१२ नं. को ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

आठबिसकोट नगरपालिकाको वडा नं. ७ औल नजिक ट्याक्टर दुर्घटना हुँदा स्थानीय चालक गोपाल बिकको मृत्यु भएको हो ।

दुर्घटनामा परेर चालक बिककी श्रीमती सपना बिक घाईते भएकी हुन् । घाईते बिकको आठबिसकोट नगर अस्पतालमा उपचार भईरहेको छ ।